विद्यालयकाे संक्षिप्त परिचय
जिल्ला सदरमुकाम गुलरिया नगरपालिकाबाट करिब ३५ किलोमिटर उत्तर पश्चिममा ठाकुरबाबा नगरपालिका वडा नं. १ भुरीगाउँ, बर्दियामा अवस्थित यस श्री त्रिभुवन माध्यमिक विद्यालयको स्थापना वि. सं २०२० सालमा स्थापना भएको हो । यस विद्यालयले प्राथमिक, निम्नमाध्यमिक, माध्यमिक र उच्च माध्यमिक (कक्षा ११ र १२ सहित) गरी चार फरक तहमा शिक्षा प्रदान गर्दै आएको छ ।
यो संस्थाले विद्यार्थीहरूको फराकिलो उमेर समूहलाई पूरा गर्ने र पूर्ण K-१२ शैक्षिक मार्ग प्रदान गर्छ । साधारण शिक्षाको अतिरिक्त, राष्ट्रिय परीक्षा बोर्ड (NEB) बाट सम्बन्धन प्राप्त यस विद्यालयले पशु विज्ञान जस्ता विशेष 10+2 कार्यक्रमहरू पनि सञ्चालित रहेका छन् । यस विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य राखेको छ र पुस्तकालय, विज्ञान र कम्प्युटर प्रयोगशालाहरू, र जेहेन्दार तथा गरीब परिवारका बालबालिकाहरुलाई छात्रवृत्ति जस्ता विभिन्न सुविधाहरू प्रदान गर्दछ । यो विद्यालय जिल्लाकै एक अग्रणी शैक्षिक संस्थाको रूपमा चिनिन्छ ।
बर्दिया राष्ट्रिय निकुञ्जको काखमा रहेको ठाकुरबाबा नगरपालिका वार्ड नं. १ भुरीगाउँमा अवस्थित यो विद्यालय पूर्व पश्चिम महेन्द्र राजमार्गसंग जोडिएर उत्तरतर्फ ४०० मीटरको दुरीमा अवस्थित छ । यो विद्यालय ५९ बर्ष अघि वि.सं. २०२० सालमा स्थापना भएको थियो, जसका संस्थापक स्व.श्री चेतन शर्मा ज्यू हुनुहुन्थ्यो ।
विद्यालयको अभिलेख अनुसार विद्यालय स्थापनादेखि विभिन्न कालखण्डमा श्री चेतन शर्मा, श्री टिकासिंह थापा, श्री राजेन्द्र बहादुर शाह, श्री कृष्ण बिक्रम शाह, श्री इन्द्रलाल पौडेल, श्री नन्दराम तिमिल्सैना, श्री चन्द्रमणी पौडेल, श्री मतराम थारु, श्री श्याम लाल थारु, श्री कृष्ण थारु, श्री निमराज खनालले विद्यालय व्यवस्थापन समितिको नेतृत्व गर्नु भएको थियो भने हाल श्री लक्ष्मण कुमार गाैलीले वि.व्य.स. को नेतृत्व गरिरहनुभएको छ । विद्यालयको विकासमा चन्दा साह लगायत शिलालेखमा उल्लिखित चन्दा दाताहरुको समेत समर्पण, लगानीको परिणामस्वरुप विद्यालय हाल यस क्षेत्रकै शैक्षिक नमुनाको रुपमा विकास हुदै गइरहेको छ । ग्रामिण क्षेत्रको जन भावना तथा कृषकहरुको प्रयासमा थालनी गरिएको यस विद्यालयको प्रमुख सेवा क्षेत्र ठाकुरबाबा नगरपालिका र बाहिरि जिल्ला कैलाली, सुर्खेत, दैलेख, अछाम, कालीकोट र जुम्ला लगायतका जिल्लाहरुवाट विद्यार्थीहरु भर्ना हुन आउँछन् ।
वि.स.२०२० सालमा प्रा.वि., वि.स.२०३८ मा नि.मा., वि.स. २०५४ सालमा माध्यामिक तह सञ्चालन भई आएको यो विद्यालयले वि.स.२०६३ सालदेखि स्थानीय जनभावना अनुसार तत्कालिन +2 कक्षाहरुमा मानविकी, शिक्षा र व्यवस्थापन संकायहरुमा शिक्षा प्रदान गर्दै आएको छ । वि.सं २०७० सालदेखि कक्षा (९-१०) तथा वि.सं. २०७२ सालदेखि प्राविधिक धार तर्फ कक्षा ११-१२ मा पशुविज्ञानका विषयहरु पनि अध्ययन अध्यापन हुदै आएको छ । माध्यामिक तह कक्षा (९-१२) पशुविज्ञानमा नेपाल सरकारबाट अनुमति प्राप्त यस क्षेत्रको यो एक मात्र सामुदायिक विद्यालय हो ।
बर्दिया जिल्लाका ११९ भन्दा बढि माध्यमिक विद्यालयहरुमा सबैभन्दा धेरै विद्यार्थी भएको विद्यालय हो । वरिपरी २ वटा निजी माध्यमिक विद्यालयहरु भएता पनि यसमा विद्यार्थी चाप बढी छ । यस विद्यालयको स्वामित्वमा त्रिभुवन सपिङ कम्प्लेक्स (०-५-५), सत्घरुवामा ४ विगाहा जग्गा र हाल भवन रहेको स्थानमा १ कटठा नम्बरीसहित २-२-१२ जमिन छ । निर्माणाधिनसहित ८ वटा ब्लकहरुमा पठन पाठन हुन्छ । हाल नेपाल सरकारबाट र विद्यालयको आन्तरिक श्रोतबाट तलब सुविधा खानेगरी ७२ जना कार्यरत हुनुहुन्छ ।


